काठमाडौं । नेपाल धितोपत्र बोर्डको रिक्त रहेको अध्यक्ष पदको पूर्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको छ। सरकारले खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिद्वारा पदपूर्ति गर्न लागेको हो ।
काठमाडौं । लगानी बोर्डको कार्यालय र नेपाल उद्योग वाणिज्य महासंघबीच नेपालमा विदेशी लगानी आकर्षित गर्न संयुक्त रुपमा लगानी प्रवर्द्धनको कार्य गर्न दुई निकायबीच समझदारी गर्ने सम्बन्धमा छलफल भएको छ ।
काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १८.०६ अंकले बढेर २७६९.१३ विन्दुमा पुगेको हो । गत मंगलबार यस्तो सूचक ७८.८२ अंकले बढेर २७५१.०७ विन्दुमा अडिएको थियो ।
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) द्वारा सञ्चालित विद्युतीय भुक्तानी प्रणाली ‘कनेक्ट आईपीएस’ र आईपीएसमार्फत तीन महिनामा ४१ अर्ब रुपैयाँको कारोबार भएको छ ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयरधनीलाई नगद लाभांश भुक्तानी गर्दा कुन कम्पनीको नगद लाभांश हो भनेर स्पष्ट खुल्ने गरी खातामा पठाउन निर्देशन दिएको छ ।
काठमाडौं । चीनमा ४० लाख जनसंख्या बस्ने एक सहरमा लकडाउन गरिएको छ । गाङ्सू प्रान्तको राजधानी लान्झोउमा मंगलबारदेखि लकडाउन गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको छ । वैशाख १५ गतेदेखि गरिएको निषेधाज्ञाका कारण रोकिएको नयाँ आवेदन ६ महिनापछि आजदेखि खुलेको हो ।