कोका–कोलाले नेपालका फ्रन्टलाइन हिरोहरूलाई कृतज्ञता व्यक्त गर्दै |
काठमाडौं । “धन्यवाद” थिमको दशैँ अभियानको एक हिस्साको रुपमा कोका–कोलाले कोभिड–१९ को समयमा खटिएका स्वास्थ्य सेवा क्षेत्र र गैर–सरकारी संस्था जस्ता विभिन्न क्षेत्रका अग्रणी योद्धाहरुलाई समर्पित गरेर यसको अन–ग्राउन्ड एक्टिभेसन गर्दै आइरहेको छ ।
आफ्नो अन–ग्राउन्ड एक्टिभेसनको आधा मार्ग पूरा गर्दै, कोका–कोलाले पाटन अस्पताल र वीर अस्पताल जस्ता दुई ठूला कोभिड–१९ अस्पतालहरू र विभिन्न गैरसरकारी संस्थाहरू जस्तै आरएनए–१६, अभ्नी भेन्चर, डोको रिसाइक्लर्स, ब्लू वेस्ट २ भ्यालु र सानो पाइलामा आफ्नो पहुँच पुर्याएको छ ।
कोका–कोलाले अग्रपंक्तिका नायकहरुसँग संलग्न रहेर “धन्यवाद” उपहार बक्सलाई बाढ्दै आइरहेको छ । जसमा व्यक्तिगत कोकको बोतल साथै कोका–कोलाको कन्टूर ग्लास समावेश रहेको छ । कोका–कोलाका ब्रान्ड एम्बेसेडर स्वस्तिमा खड्का पनि कार्तिक ८ गते वीर अस्पतालमा भएको कार्यक्रममा स्वास्थ्य सेवाका अग्रपंक्तिमा कार्यरत कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गर्नको लागि सहभागी भएकी थिईन ।
कोका–कोलाले सबै प्रियजनहरु प्रति कृतज्ञता प्रदान गर्ने थिमका साथ हालै दशैँ अभियानको लन्च गरेको थियो । “धन्यवाद” शीर्षक रहेको यस अभियानको मुख्य आशय भनेको महामारीको कठिन समयमा हाम्रा लागि साथीको रुपमा सथै सहयात्री रहेका उपभोक्ताहरुलाई एउटा कोकको बोटलको मार्फत धन्यवाद ज्ञापन गर्नु हो ।


