थप ५९१ जनामा कोभिड १९ पुष्टि, ६६४ जनाले संक्रमण जिते |
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नेपालमा थप ५९१ जनामा कोभिड १९ पुष्टि भएको जनाएकाे छ । २४ घण्टामा देशभरमा भएको आठ हजार ८४८ पीसीआर परीक्षणमध्ये ५२७ जना र दुई हजार ५०७ एन्टिजेन परीक्षणमा ६४ जनामा संक्रमण पुष्टि भएको हो ।
सोहि अवधिमा ६६४ जनाले संक्रमण जितेका छन् । यस्तै २ जनाको कोराेनाका कारण मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।
हाल देशभरमा १० हजार २३६ जना सक्रिय संक्रमित छन् । आज थपिएका संक्रमितमध्ये काठमाडौंका १५७ जना, ललितपुरका ३० जना र भक्तपुरका १२ जना रहेको मन्त्रालयको तथ्यांकमा छ ।


