भाइबरले ग्रुप च्याटमा पनि ‘सन्देशहरू अदृश्य’ कस्टम फिचर प्रस्तुत गर्ने |
काठमाडौं । राकुटेन भाइबरले अब आफ्ना प्रयोगकर्ताहरूका लागि ग्रुप च्याटमा निश्चित समयपछि म्यासेजहरू देख्न नमिल्ने सुविधा ल्याउने भएको छ ।
यो सुविधा, यस अघि व्यक्ति–व्यत्तिबीचको कुराकानीमा मात्र उपलब्थ थियो । भाइबरको यो सुबिधाबाट प्रयोगकर्ताहरू आफैले म्यासेजहरू कति समयपछि अदृश्य बनाउने त्यसको समय सेट गर्न सक्नेछन्, र साथसाथै ग्रुप च्याटमा तुरुन्तै एक्टिभेट गर्न मिल्ने यो सन्देशहरु अदृश्य गर्ने उपयोगिताको प्रयोगसँगै म्यासेज फरवार्ड गर्ने, कपि गर्ने अथवा म्यासेजको स्क्रीन सट लिने जस्ता गतिबिधिहरू एप आफैले गर्न नमिल्ने बनाउनेछ ।
भाइबर क्रस प्लेटफर्म सन्देश र आवाज सहितको सञ्चार हो जसको हालै मात्र गुगल प्लेमा संसारभरि डाउनलोड गर्नेको सङख्या एक अर्ब नाघेको छ । यो फिचर ग्रुप च्याटमा सेट गरी आफ्नो स्टाटस बदल्नका लागि प्रयोगकर्ताहरू अनेक चरणहरूबाट जानुपर्ने छैन् । भाइबरको फिचर प्रयोग गरेर ग्रुप च्याटभित्रै सदस्यहरू सजिलैसँग खोल्न र बन्द गर्न सक्नेछन् ।
यो उपयोगिता अझ फराकिलो बनाएपछि अब प्रयोगकर्ताहरू ग्रुप च्याटमै आफ्ना म्यासेज पढिएको दश सेकेण्डदेखि एक दिन पछि देख्न नमिल्ने बनाउन म्यासेजमा डिसअपियरीङ अप्सन सेट गर्न सक्नेछन् । डिसअपियरीङ विकल्प चालुभएको अवस्थामा भाइबरले अब एन्ड्रोईड ६ र अन्य प्रयोग गरिरहेका उपकरणहरूमा म्यासेज फरवार्ड, कपि र स्क्रीन सटजस्ता गतिबिधिहरूलाई रोक्नेछ ।
पुरानो भर्जनको एन्ड्रोईड र आई ओ एस चलाइरहेका प्रयोगकर्ताहरूलाई भने यदि “ग्रुप च्याट” को कुनै सदस्यले स्क्रीन सट लिएको अवस्थामा भाइबरले सुचना दिनेछ । यो फिचर जुनसुकै प्रकारको फोटो, भिडियो र स्टिकर्स म्यासेजमा लागू गर्न सकिने छ ।
उदाहरणको लागि, यदि ग्रुप च्याटको सदस्यहरूलाई भोजको लागि निम्तो गरिएको छ भने, प्रवेश कोड ग्रुप च्याटमा पढिएको एक मिनेट भित्र देख्न नमिल्ने बनाएर पठाउन सकिने छ ।
भाइबरमा व्यक्तिगत र समूहमा गरिएको सबै कुराकानी इनत्रिप्ट गरिन्छ, जसलाई ‘गोप्यकरण’ पनि भनिन्छ । जसले गर्दा प्रयोगकर्ताहरू आफ्नो कुराकानीको गोपनियता र सुरक्षालाई लिएर आश्वस्त रहन सक्नेछन् ।
भाइबर आफ्नो प्रयोगकर्ताहरू प्रति सदैव प्रतिबद्ध रहेको अर्को बुलन्द उदाहरण हो अदृश्य फिचर, जहाँ प्रयोगकर्ताहरू आफ्ना गोपनियतालाई लिएर अझ निश्चिन्त रहन सक्नेछन् ।
नादभ मेल्निक, भाइबर उत्पादनका उपाध्यक्ष भन्छन्, “प्रयोगकर्ताहरूको गोपनियता हामीलाई जहिल्यै पनि सबैभन्दा ठूलो चासोको विषय रहिआएको छ र हाम्रो प्रयोगकर्ताहरूलाई यसरी आफ्ना कुराकानीहरूलाई व्यक्तिगत र ग्रुपमा नियन्त्रण गर्न सकिने वैकल्पिक सुविधा दिन पाँउदा हामी उत्साहित छौँ । यो नयाँ सुविधासँगै, गोपनियता बारे हाम्रो प्रतिबद्धता झनै निजीको विषय बनेको छ ।”


