काठमाडौं । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थान बिच राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरुलाई बिना धितो १५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । हिमालयन बैंक लिमिटेडले रूपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राम चोकमा शाखा खोलेको छ । उक्त शाखाबाट ग्राहकहरूलाई अत्याधुनिक बैकिङ्ग सुविधा उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।
काठमाडौं । चिनियाँ प्रविधि कम्पनी हुवावेले नेपालमा ‘सिड्स फर द फ्युचर’ कार्यक्रमको सुरुवात गरेको छ । सोमबार कम्पनीले सूचना प्रविधि पृष्ठभूमिका २० विद्यार्थीलाई सिकाइको अवसर दिने गरी नयाँ कार्यक्रम घोषणा गरेको हो ।
दासढुंगा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मदन आश्रितको शालिकमा माल्यार्पण गरेका छन् । दशौं महाधिवेशनबाट महासचिवमा निर्वाचित भएसँगै पोखरेलले बुधबार चितवनको दासढुंगामा रहेको मदन आश्रिततको शालिकमा माल्यार्पण गरेका हुन ।
काठमाडौँ । स्न्यापड्रागन ८ जेन १ प्रोसेसर प्रयोग गरिएको आफ्नो आगामी फ्ल्यागशिप स्मार्टफोन सन् २०२२ को पहिलो त्रैमासमा सार्वजनिक गर्ने ओप्पोले घोषणा गरेको छ । क्वालकम स्न्यापड्रागन टेक समिट २०२१ मार्फत ओपोले यस्तो घोषणा गरेको हो ।