काठमाडौँ । सान्जेन जलविद्युत कम्पनीले भदौ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
काठमाडौं । सयपत्री हाइड्रोपावरको आइपीओ आज (साउन २४ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनआइबीएल क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौमा बिहान १० बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।
काठमाडौं । निर्धन उत्थान लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब २ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको यसै अवधिमा भन्दा १३.५०% थोरै हो ।
काठमाडौं । नागरिक लगानी कोषको ३१.५७% लाभांश सुरक्षित गर्ने आज (साउन २४ गते) अन्तिम दिन हो । भदौ ६ गते वार्षिक साधारण बोलाएको कम्पनीले बुधबार (साउन २५ गते) बुक क्लोज गर्दैछ ।
काठमाडौं । धौलागिरी लघुवित्तले आज (साउन २४ गते) देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो ।
काठमाडौं । बैंक अफ काठमान्डले भदौ २ गतेबाट ११ लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ ।
काठमाडौं । नेपाल परिवार दलको केन्द्रिय कार्यसमितिको बैठक दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा काठमाडौँमा यहि साउन २२– २३ गते हाइब्रिड (भौतिक तथा अनलाइन ) माध्ययम द्वारा सम्पन्न भएको छ ।