गोरखा १ मा सुधन गुरुङ अघिअघि, हरिराज पछिपछि
काठमाडौं । गोरखा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुधन गुरुङ अघि छन् भने उनलाई नेपाल कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले पछ्याइरहेका छन्।
सुधन गुरुङले हालसम्म ३ हजार ५४१ मत प्राप्त गरेका छन् भने हरि राज अधिकारीले २ हजार २१८ मत पाएका छन्। नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले भने १ हजार ८२५ मत पाएका छन्।




