गगन थापालाई हराउँदै रास्वपाका अमरेश सिंह निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश कुमार सिंह निर्वाचित भएका छन्।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा सर्लाही ४ बाट निर्वाचित भएका अमरेश, यस निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका हुन्। यद्यपि, यस निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन्।
उनले ३५ हजार ६८८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गगन कुमार थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन्। काठमाडौँ छोडेर सर्लाही गएका गगन, त्यहाँका स्थानिय उम्मेदवारसँग पराजित भए। नेकपा एमालेका अमनिश कुमार यादवले ९ हजार ३४३ मत प्राप्त गरेको छन्।




