रुकुम पश्चिममा गोपाल शर्मा विजयी, जनार्दन शर्मा पराजित
काठमाडौं । रुकुम पश्चिममा जनार्दन शर्मालाई पराजित गर्दै गोपाल शर्मा विजयी भएका छन्। नेपाल कम्युनिष्ट पार्टीका गोपाल शर्माले २१ हजार ६०९ मत प्राप्त गर्दै विजयी भएका हुन्।
उनी विजयी बन्दा उनका निकटतम प्रतिस्पर्धी भने नेपाली कांग्रेसका राजु केसी बने। केसीले १६ हजार ६६१ मत प्राप्त गरे। प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले भने १४ हजार ३४६ मत पाए।




