सधैं सेटिङ चल्दैन, विशेष महाधिवेशनको निर्णयलाई निर्वाचन आयोगले स्वीकार्छ: गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनले गरेको निर्णय निर्वाचन आयोगले मान्नुपर्ने बताएका छन् । उनले आयोगप्रति आफूहरूको विश्वास रहेको बताए ।
बुधबार कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले निर्वाचन आयोगले आफूहरूले गरेको निर्णयलाई मान्यता दिने बताएका हुन् ।
‘निर्वाचन आयोगप्रति विश्वास छ । विधिसम्मत गरेको निर्णयलाई आयोगले स्वीकार्छ’, थापाले भने, ‘के सधैंभरि सेटिङबाट चल्छ ?’
थापाले आफूहरूलाई अल्मल्याउनका लागि बद्री पाण्डेलाई निर्वाचन आयोगमा पठाएर कारबाहीको निर्णय गरिएको आरोप लगाए । थापाले कार्यकर्तालाई उच्च मनोबलसहित गाउँमा जान हिच्किचाउनु नपर्ने बताए ।




