नेपाल क्लियरिङ हाउसको अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेत प्रसाद उप्रेती नियुक्त भएका छन् ।
नव नियुक्त अध्यक्ष उप्रेतीले आजको औपचारिक कार्यक्रममा डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्षको पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
उप्रेतीको राष्ट्र बैंकको विभिन्न विभागमा २७ वर्ष भन्दा बढि काम गरेको अनुभव रहेको छ । उनले त्रिभुवन विश्वविद्यालयका एमबिए डिग्री होल्डर हुन् । हाल उनी राष्ट्र बैंकको गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकका रुपमा आवद्ध छन् ।
नेपाल क्लियरिङ हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् ।