नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्त
काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ ।
अर्थमन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको जनाएको छ ।
बुधबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ पनि गराइसकेका छन् ।




