अमेरिकी डलरको भाउ, अरु विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । आज पनि अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज जेठ २८ गते बुधबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३७ रुपैयाँ २७ पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ ६७ पैसा कायम भएको छ । यसअघि मंगलबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३७ रुपैयाँ ३० पैसा र खरिददर १३६ रुपैयाँ ७० पैसा कायम भएको थियो । मंगलबार पनि अमेरिकी डलरको भाउ घटेको थियो ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५६ रुपैयाँ ८४ पैसा रहेको छ भने खरिददर १५६ रुपैयाँ १५ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८५ रुपैयाँ २८ पैसा र खरिददर १८४ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ५० पैसा र खरिददर ९ रुपैयाँ ४५ पैसा छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४५ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९९ रुपैयाँ ८४ पैसा र बिक्रीमा १०० रुपैयाँ २७ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।