रविन्द्र मानन्धरले पाए नेपाल टेलिकममा प्रवक्ताको जिम्मेवारी

काठमाडौं । नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर नियुक्त भएका छन् ।
प्रवन्ध निर्देशक संगीता पहाडी अर्यालसहित कतिपय कर्मचारी भष्ट्राचारको आरोप लागेसँगै नेपाल टेलिकममा नयाँ प्रवक्तामा मानन्धर आएका हुन् ।
उनी यसअघि टेलिकमको प्रवन्धक समेत हुन् । यअसघिका हरि ढकाललाई टेलिकमको प्रादेशिक निर्देशनालय भैरहवामा रवाना भएका छन् ।