रु रु जलविद्युतको खुद नाफा ३०.५३% बढ्यो |
काठमाडौं । रु रु जलविद्युत परियोजनाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ९ करोड ३० लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो वर्षको यसै अवधिको तुलनामा खुद नाफा ३०.५३% ले वृद्धि गरेको हो । अघिल्लो वर्ष यसले ७ करोड १३ लाख १७ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ८.२२% ले बढेर १६ करोड १९ लाख २५ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, ब्याज आम्दानी ३९ लाख ८३ हजार रुपैयाँले बढेको छ । साथै, बिक्री लागत १९ लाख रुपैयाँ र वित्तीय लागत पनि ८६ लाख रुपैयाँले घटाएपछि खुद नाफा सुधार भएको देखिन्छ । यद्दपि, नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा बारम्बार समस्या आउँदा विद्युत उत्पादनमा प्रत्यक्ष असर परेको कम्पनीले जनाएको छ ।
हाल रु रु को चुक्ता पुँजी ४४ करोड ८४ लाख ७६ हजार रुपैयाँ र जगेडा कोषमा १३ करोड ८२ लाख ६६ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ ७६ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ८३ पैसा छ ।



