एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्ने सहमति, पास होला एमसीसी? |
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी जस्ताको तस्तै अनुमोदन हुनुपर्ने पक्षमा छ।
नेकपा माओवादी केन्द्र र नेकपा (एस) भने राष्ट्रिय सहमति नजुटाइ एमसीसी पास गर्न नहुने अडानमा छ।
उसले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ।
आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने छ ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले भने, ‘अब सडकमा होइन, संसदमा गहन रुपमा छलफल हुन्छ । एउटा निष्कर्षमा पुग्ने कुरा यहाँहरुलाई अवगत गराउन चाहन्छु ।’
नेपाललाई एमसीसी परियोजना स्वीकृत गर्न अमेरिकाले फागुन १६ गतेसम्मको समयसीमा दिएको छ ।


