SKECHERS ल्यायो ‘Shop More, Get More’ योजना
काठमाडौं । “कम्फर्ट टेक्नोलोजीमा” विश्वप्रसिद्ध फुटवेयर एवम लाइफ स्टाइल ब्रान्ड स्केचर्सले यस वर्षको दसैँलाई लक्षित गर्दै “सप मोर , गेट मोर ” नामक ग्राहक योजना सार्वजनिक गरेको छ।
“Shop More Get More” योजना अन्तर्गत SKECHERS का छनोट गरिएका उत्पादनहरूमा सम्बन्धित उत्पादन, क्याटेगोरी तथा स्टोरमा लागू हुने अफर अनुसार ४०% र ५०% सम्मको विशेष छुट उपलब्ध हुनेछ। साथै, ग्राहकले अभियान अवधिभर सञ्चालन हुने साप्ताहिक Giveaways मा सहभागी हुने तथा ५० जना भाग्यशाली विजेताले विभिन्न उपहार जित्ने अवसर पनि प्राप्त गर्नेछन्।
अझ उत्साह थप्दै, योजनाको अन्त्यमा Grand Lucky Draw आयोजना गरिनेछ। जसअन्तर्गत प्रथम पुरस्कारका रूपमा TVS RONIN तथा दोस्रो पुरस्कारका रूपमा TVS NTORQ प्रदान गरिनेछ। उक्त अवधिमा ब्रान्डको खरिदमा विभिन्न आकर्षक सुविधाहरु प्राप्त गर्न सकिनेछ ।
ग्राहकहरुले गुणस्तर , डिजाइन, आराम एवं टिकाउको दृष्टिकोण सर्वोत्कृष्ट स्केचर्सका सामानहरु किन्दा आकर्षक सुविधाहरुको लाभ उठाउन सक्छन्। यसले उनीहरुको दसैँको अनुभवमा एक विल्कुलै नँया उत्साह र उमंग थप्नेछ ,” स्रोत बताउँदछ। “यस योजना मुख्य लक्ष्य यस चाडलाई अझ उत्सवमय बनाई ग्राहकहरुलाई उनीहरुले तिरेको पैसाको उच्च भन्दा उच्च मूल्य प्रत्याभूति गर्नु हो। यही कारणले “ग्राहक सम्मानको आधारित “सप मोर , गेट मोर ” अन्य योजना भन्दा साच्चै विशेष छ।”



