आईएमई लाइफ र गरिमा विकास बैंकबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आईएमई इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।
सो सम्झौता अनुसार सर्वसाधारण तथा बैंकका ग्राहकहरूले गरिमा विकास बैंकको कुनैपनि शाखाबाट छिटो, छरितो र सहज रूपमा आईएमई लाइफ इन्स्योरेन्सको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
Visited 1 times, 1 visit(s) today


