अमेरिकी व्यापार प्रतिबन्धको असर हुवावेमा परयो, युरोपमा ११५० डलरको हुवावे पी ३० प्रोको मूल्य १३० डलर |
चिनियाँ स्मार्टफोन निर्माता हुवावे अमेरिकाको व्यापार प्रतिबन्धपछि खराब चरणबाट गुर्जिरहेको छ । त्यसमाथि कम्पनीले अर्को संकट सामना गर्न थालेको देखिएको छ । युरोपमा हुवावेको सबैभन्दा उत्कृष्टमध्य एक पी३० प्रो मोडलको ट्रेड–इन मूल्य १३० अमेरिकी डलरमा झरेको छ । एक हप्ता अघि मात्र उक्त सेटको मूल्य ११५० अमेरिकी डलर थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसालै एक कार्यकारी फैसलामा हस्ताक्षर गरेर अमेरिकी कम्पनीलाई हुवावेले बनाएको टेलिकम उपकरण प्रयोग गर्न प्रतिबन्ध लगाए । अमेरिकी राष्ट्रिय सुरक्षा जोखिम देखिएको भन्दै यी प्रतिबन्ध लगाइएको थियो ।
ट्रम्पको प्रतिबन्धको केही पछि नै अमेरिकाको ‘कमर्श डिपार्टमेन्ट’ले हुवावेलाई ‘इन्टीटी लिस्ट’मा समावेश गर्यो । यसले हुवावेलाई अमेरिकी आपुर्तिकर्ताले किन्न नपाउने गर्यो । त्यस्तै अब हुवोवले अमेरिकामा व्यवसाय गर्न नपाउने प्रतिबन्ध पनि लागु भएको छ ।
व्यापार प्रतिबन्धको कारण अमेरिकी कम्पनी गुगल, इन्टेल, क्वालकोम, ब्रोडकमले हुवावेसँग व्यापार गर्न पाउने छैनन् । एसडी एसोसियसन, वाईफाई एलाइन्स, जेईडीईसीले पनि हुवावेबाट दुरी बनाउनु पर्नेछ ।
२५६ जीबी भण्डारण र ८ जीबी र्याम भएको हुवावे पी३० प्रो तीन महिना अघि मात्र बजारमा ल्याइएको थियो । त्यसको मूल्य र भण्डारण दुवै सामसंग एस१० प्लस बराबर छ । तर दुईबीचको बजार टे«ड–इन मूल्यमा निक्कै फरक देखिन्छ ।
पी३० प्रोको बजार मूल्य १३० डलर हुदाँ सामसुङ ग्यालेक्सी एस१० प्लसको ट्रेड इन मूल्य ६५० अमेरिकी डलर थियो । ट्रेड–इन मूल्य भन्नाले ठूला कम्पनीले आफ्ना पुराना सामान ल्याएर नयाँ सामान किन्दा तिर्नुपर्ने मूल्य हो ।
हुवावे पी३० प्रोको मूल्य एक हप्ताभित्र यति धेरै ह्रास हुनु राम्रो सूचक होइन । पी३० प्रोको व्यापार मूल्यमा आएको ह्रास चिनियाँ स्मार्टफोन निर्माता हुवावेको लागि खतराको घण्टी मानिएको छ ।
एजेन्सीको सहयोगमा
Visited 2 times, 1 visit(s) today


