आइतबारदेखि बजारमा आउदैछ खुलामुखी योजना ‘एनआईबीएल सहभागिता फन्ड’ |
काठमाडौं । एनआईबीएल एस क्यापिटलले नेपालकै पहिलो खुलामुखी योजना एनआईबीएल सहभागिता फन्डको इकाई आइतबारदेखि निष्काशन शुरु हुने भएको छ ।
नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोष नियमावली, २०६७ र सामूहिक लगानी कोष निर्देशिका, २०६९ लागू भएपछि नेपालमै पहिलोपटक जारी हुन लागेको यो खुलामुखी योजनाको कोष प्रवद्र्धकमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ भने योजना व्यवस्थापकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।
खुलामुखी योजना बमोजिम ५० करोड रुपैयाँंबराबरको ५ करोड इकाईको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएकोमा पहिलो चरणमा १२ करोड ५० लाख रुपैयांँबराबरको १ करोड २५ लाख इकाई सर्वसाधारणमा जारी हुने छ । बीज पुँजीको रुपमा रकम ७ करोड ५० लाख रुपैयांँ बराबरको ७५ लाख इकाई नेपाल इन्भेष्टमेन्ट बैंक र एनआईबीएल एस क्यापिटलले खरिद गर्नेछ ।
खुलामुखी योजनको लागि आवेदकहरुले आवेदन गर्दा न्यूनतम् १०० र बढीमा २ लाख ५० हजार इकाईका लागि प्रतिइकाई १० रुपैयाँका दरले भुक्तानी गरी आवेदन दिन सक्नेछन् ।
उक्त योजनाले नेपाल स्टक एक्सजेन्ज (नेप्से) मा सूचिकृत धितोपत्रहरुका साथै मुद्दती निक्षेपमा लगानी गर्नेछ । जुन लगानीको व्यवस्थापन एनआईबीएल एस क्यापिटलबाट हुनेछ । हाल जारी भएका इकाईहरु बांँडफांँड भएको मितिले तीन महिनापछि मात्र खरिद विक्रीका लागि खुल्ला हुनेछ । यसरी योजनाको इकाईहरु खरिदविक्रीे एनआईबीएल एस क्यापिटलको कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका तोकिएका शाखा कार्यालयहरु तथा अन्य तोकिएको वितरण केन्दबाट गर्न सकिने बताइएको छ ।
Visited 1 times, 1 visit(s) today


