लुम्बिनी जनरल इन्स्योरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झौता |
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र नबिल बैंकबीच बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ ।
सम्झौतापत्रमा लुम्बिनीका नायब प्रमुख कार्यकारी अधिकृत बिके श्रेष्ठ र नबिलका रिटेल बिजनेस प्रमुख निरज शर्माले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि बैंकका ग्राहकहरुले नेपालभर रहेका नबिल बैंकका शाखाहरु मार्फत लुम्बिनीले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
कार्यक्रममा बैंकका बैक्यासुरेन्स बिभागका प्रमुख प्रविण खनाल र इन्स्योरेन्सका ठमेल शाखा प्रमुख सुबोध ढुंगेलको उपस्थिति रहेको थियो ।
Visited 3 times, 1 visit(s) today


