विदेशबाट फर्किएका युवाले पाँच करोड लगानीमा शुरु गरे रेष्टुरेन्ट |
चितवन । चितवनको मध्य भागमा रहेको भरतपुर–१० दीपेन्द्रचोकमा विदेशबाट फर्किएका युवाले रेष्टुरेन्ट खोलेका छन् । साइप्रस र जापानमा बसेका युवा समूहको लगानीमा “लाइम एन्ड लेमन लाउन्ज क्याफे” संचालनमा आएको हो ।
साइप्रसमा आधादशक विताएर नेपाल फर्केका सागर पौडेल, जापानमा एक दशक बिताएर नेपाल फर्केकी प्रभा वराल पोखरेल, नर्स निशा ढकाल न्यौपाने, कृषिमा अध्यनरत निशान्त ढकाल, आईटी क्षेत्रका डेविस वरालको संयुक्त लगानीमा रेष्टुरेन्ट संचालनमा आएको हो ।
पाँच करड लगानीमा स्थापना भएको रेष्टुरेन्टको उद्योग वाणिज्य संघ नारायणगढका अध्यक्ष सहनलाल प्रधानले उद्घाटन गरे । करिब ३५० जनाको क्षमता भएको रेष्टुरेन्टमा अर्गा्निक खाना सर्भ गर्ने रेष्टुरेन्ट संचालिका निशा ढकालले बताईन् । रेष्टुरेन्टमा लाइभ म्युजिक समेत हुनेछ ।



