सेन्चुरी कमर्सियल बैंकको आठौं वार्षिक साधारण सभा बैशाख १२ मा |
काठमाडौं । सेन्चुरी कमर्सियल बैंकको आठौं वार्षिक साधारणसभा वैशाख १२ गते हुने भएको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
उक्त साधारणसभाको २ प्रतिशत बोनस शेयर र ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव लगिँदै छ । साथै बैंकले सहायक कम्पनीमार्फत धितोपत्र व्यवसाय सम्बन्धी कार्य गर्ने व्यवस्था समावेश गरी सोही बमोजिम बैंकको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव लादैछ ।
त्यस्तै यस बैंक अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुमा गाभ्न, गाभिन वा स्वेदशी विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौतालगायतका काम गर्न सञ्चालक समितिलाई प्राप्त अख्तियारी माथि पनि छलफल हुनेछ ।
साधारणसभा प्रयोजनको लागि चैत २९ गतेदेखि वैशाख १२ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द रहनेछ ।
Visited 1 times, 1 visit(s) today


