महालक्ष्मी लाईफको बीमा पोलेसी माछापुच्छ्रे बैंकबाट खरिद गर्न सकिने |
काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकहरुले बैंकबाटै महालक्ष्मी लाईफ इन्स्योरेन्सको विभिन्न बीमा पोलेसीहरु खरिद गर्नसक्ने भएका छन् । बैंक र इन्स्योरेन्स बीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएसँगै बैंकका ग्राहकहरुले सो सेवा पाउने भएका हुन्।
सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना ९७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु विक्री गर्नेछ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सले हालसम्म २३ वटा शाखा तथा उपशाखा सञ्चालनको तयारी गरिसकेको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताए ।
Visited 1 times, 1 visit(s) today


