मेक्सिको सीमा बन्द गर्न पूर्ण रुपमा तयार छौँː ट्रम्प |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमा बन्द गर्न पूर्ण रुपमा तयार रहेको बताएका छन् । देशमा प्रवासीहरुको प्रवेश रोक्नका लागि मेक्सिको सीमा बन्द गर्नका लागि पूर्ण रुपमा तयार छौँ, उनले भने । कांग्रेस र मध्य अमेरिकी सरकारलाई कठोर कदम उठाउने चेतावनी दिदैँ ट्रम्पले आफू अमेरिका–मेक्सिको सीमालाई बन्द गर्नका लागि पूर्ण रुपमा तयार रहेको बताएका हुन् ।
ट्रम्पले सीमामा संकटको स्थिति रहेको बताउँदै भने, यदि मेक्सिकोले आफ्नो क्षेत्रबाट प्रवासीहरुलाई पठाउन बन्द गरेन र कांग्रेसले पनि कुनै कदम उठाएन भने सीमा पूर्ण रुपमा बन्द गरिनेछ । ट्रम्पले आफ्नो उक्त कदमबाट देशको आर्थिक स्थितिमा भने नकारात्मक प्रभाव पर्ने बताए । उनले भने, व्यापारको तुलनामा मेरो लागि सुरक्षा अधिक महत्वपूर्ण रहेको छ ।
गत वर्ष ट्रम्पले सीमा पर्खालका लागि ५ अर्ब ७० करोड डलर माग गरेका थिए । पर्खालका लागि बजेट दिने विषयमा विपक्षीसँगको विवादका कारण ५ सातासम्म अमेरिकाको संघीय काम आशिंक रूपमा बन्द गरेका थिए । यसअघि राष्ट्रपति निर्वाचनमा ट्रम्पले सीमामा पर्खाल लगाउने मुद्दालाई प्राथमिकतामा राखेका थिए ।
एजेन्सी
Visited 2 times, 1 visit(s) today


