रू. १ करोडसम्मका सरकारी योजनामा डोजर प्रतिबन्ध |
काठमाडौं । अबदेखि रू. १ करोडसम्मको सरकारी योजनामा डोजर चलाउन प्रतिबन्ध लागेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले त्यस्तो निर्णय गरेको हो । सरकारले कार्यान्वयनमा ल्याउन लागेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को निर्देशिका स्वदेशी नागरिकको रोजगारीमा डोजरले बाधा पुर्याएको भन्दै डोजर प्रतिबन्ध लगाउने बुँदा समेटिएको छ । हाल सरकारले त्यो निर्देशिका पारित गरिसकेको छ । निर्देशिका पारित भएसँगै डोजरलगायतका मेशिन प्रयोग गर्न प्रतिबन्ध लागेको हो ।
तर असम्भव ठाउँमा भने प्राविधिक टोलीको सिफारिशमा कम लागतका योजनामा पनि डोजर प्रयोग गर्न पाइने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताएका छन् । हाल जनप्रतिनिधिहरूले नै यस्ता किसिमका मेशिन किनेर विकास निर्माणका काममा प्रयोग गर्दै आइरहेका छन् ।
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिकामा विकास निर्माणको काममा प्रविधिभन्दा श्रमिकलाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । यो निर्देशिका फागुन १ गतेबाट लागू हुँदै छ ।
Visited 3 times, 1 visit(s) today


