राष्ट्र बैंकले आज ५ अर्बको रिपो विक्री गर्दै | रिपोको अवधि १ साता, क, ख र ग वर्गका बैंकले खरिद गर्न सक्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीवार रू. ५ अर्बबराबरको रिपो विक्री गर्दै छ । केन्द्रीय बैंकले बोलकबोलबाट आगामी फागुन २ गतेसम्म अर्थात् एक हप्ताका लागि उक्त रकमबराबरको रिपो विक्री गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार उक्त रिपो ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकले खरिद गर्न सक्नछेन् । राष्ट्र बैंकले विक्री गर्ने उक्त रिपोका लागि आज बिहीवार बोकबोल प्रक्रियामा सहभागी एक सूचनामार्फत बैंकहरूलाई आग्रह गरेको छ ।
पछिल्ला दिनमा बैंकले रिपो र ट्रेजरी बिलजस्ता आर्थिक उपकरणमार्फत तरलता प्रवाह गर्न लागेको छ ।



