पोखरामा पल्सर राईड मेनिया सम्पन्न |

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एचएच बजाजले बाइक राईडिङ्ग इभेन्ट ʽपल्सर राईड मेनियाʼ प्रस्तुत गरेको छ । बजाजले माघ २३ गते उक्त ¥याली आयोजना गरेको थियो । पल्सर राईड मेनियामा पोखराका पल्सर राईडरहरुले सहभागीता जनाएका थिए । उक्त राईड मेनिया पोखराबाट शुरु भएर घान्दु्रकमा पुगेर समापन भएको थियो ।

पल्सर राईड मेनियाले १५ जना राईडरका लागि राईड र खुसीको अनुभव गर्ने अवसर प्रदान गरेको छ । एचएच बजाजले पल्सर राईड मेनिया प्रत्येक महिना सञ्चालन गर्ने भएको छ । प्रत्येक महिना राईड मेनिया पोखराबाट शुरु भएर नँया–नँया गन्तब्यमा राईडर्सलाई लैजानेछ ।