माछापुच्छ्रे बैंकको नयाँ शाखा कुलेश्वरमा, दुई शाखाको स्तरोन्नति |
काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौंस्थित कुलेश्वर शाखा कार्यालयको औपचारिक शुरुवात गरेको छ । बैंकले तनहुँस्थित भिमाद र कन्चनपुरस्थित आईबीआरडी एक्सटेन्सन काउण्टरलाई शाखामा स्त्तरोन्नती गरी सञ्चालनमा ल्याएको छ ।
कुलेश्वर शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. विरेन्द्रप्रसाद महतोले गरेका छन्। कुलेश्वर शाखामा एटीएम पनि जडान गरिएको छ । अब बैंकको काठमाडौं उपत्यकाभित्र शाखा संख्या १९ पुगेको छ । बैंकको कुल शाखा संख्या ९३ पुगेको छ ।
बैंकका ५२ शाखा रहित बैकिङ सेवा छ । बैंकको देशभर ११२ वटा एटीएम छन् ।



