प्रभु बैंकको नेतृत्वमा सिन्धुज्वाला हाइड्रोको वित्तिय व्यबस्थापन | सवा ५ अर्बका लागि ऋण सम्झौता
काठमाडौं । सिन्धुज्वाला हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेका आयोजनाको लागि प्रभु बैंकको नेतृत्वमा ५ अर्ब २५ करोड रुपैयाँ ऋण सम्झौता भएको छ । कम्पनीले निर्माण गर्न लागेको ७ अर्ब लगानीका ४३ मेगावाटको अपर नेसम खोला र २१ मेगावाटको अपर नेसम खोला ए जलविद्युत आयोजनाका लागि प्रभु बैैंकसँग सम्झौता गरेको हो ।
सिन्धुपाल्चोकको जुगल गाउपालिकामा पर्ने रन अफ रिभरमा आधारित आयोजनाको कुल लागत ७ अर्व रुपैया पर्ने बताइएको छ । त्यसमध्ये बित्तिय व्यवस्थापनको लागि प्रभु बैंकको नेतृत्वमा ५ अर्ब २५ करोड रुपैयाँको ऋण सम्झौता भएको काठमाडौमा सम्पन्न कम्पनीको दोस्रो साधारणसभामा जानकारी गराइएको हो ।
कम्पनीको साधारणसभाले आर्थिक प्रतिवेदन २०७४⁄०७५, लेखापरीक्षकको प्रतिवेदन २०७४⁄०७५, वित्तीय अवस्थाको विवरण, आय विवरण तथा सो अवधिको नगद प्रवाह विवरण पारित गर्दै आर्थिक वर्ष २०७५⁄०७६ को लागि लेखापरीक्षकको पनि नियुक्त गरेको छ । सञ्चालक समितिले रिक्त रहेको सञ्चालक पदमा ध्रुवकुमार पोखरेललाई नियुक्त गरेको छ ।



