अब घरमै बसेर मुक्तिनाथको खाता खोल्न सकिने |
काठमाडौं । मुक्तिनाथ विकास बैंकले अब घरमै बसीबसी खाता खोल्न मिल्ने गरी अनलाइन सेवा सुचारु गरेको छ । बैंकले सर्वसाधारणहरुलाई सेवा दिने उद्देश्यले त्यस्तो सुविधा ल्याएको बताएको छ । बैंकले सरल, सहज र सुरक्षित तरिकाबाट खाता खोल्न नयाँ अनलाइन सेवा सञ्चालन गरेको हो ।
उक्त सेवाबाट ग्राहकहरूले आफ्नो समयानुकूल बैंकको वेबसाइटबाट खाता खोल्न सक्नेछन् । हाल बैंकले १०२ वटा शाखा तथा २० वटा एटीएमबाट करिब छ लाख ग्राहकलाई बैकिङ सेवा प्रदान गर्दै आएको छ ।



