कर्मचारी समायोजन अध्यादेश पारित |
काठमाडौं । सरकारले कर्मचारी समायोजन गर्न ल्याएको अध्यादेश संसद्कों तल्लो सदन प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले सरकारले ल्याएको ‘कर्मचारी समायोजन अध्यादेश २०७५’ संसद् बाट पारित भएको हो ।
प्रतिनिधिसभाबाट पारित भएसँगै सो अध्यादेश राष्ट्रिय सभामा पेस हुनेछ । राष्ट्रियसभाबाट समेत पारित भएको ६० दिनभित्र सरकारले प्रतिस्थापन विधेयक पुनः संसदमा दर्ता गराउनुपर्नेछ ।
यसअघि कांग्रेस सांसद् गगन थापालगायतले अध्यादेश अस्वीकार गरियोस भनी प्रस्ताव राखेका थिए । थापाको प्रस्तावलाई बहुमतले अस्वीकृत गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अध्यादेश दर्ताका लागि राखेको प्रस्ताव संसद्ले स्वीकृत गरेको थियो ।
कांग्रेस सांसद् थापासँगै नेमकिपाका सांसद् प्रेम सुवालले पनि अध्यादेश विरुद्ध प्रस्ताव दर्ता गरेका थिए । अध्यादेशको पक्षमा बौल्दै मन्त्री पण्डितले संविधानको व्यवस्थाअनुसार नै अध्यादेश ल्याएको बताएका थिए । अध्यादेशले कर्मचारीको वृत्तिविकास नरोक्ने समेत उनले स्पष्ट पारेका थिए । संघीय कानुन व्यवस्थापन नभई प्रदेश र स्थानीय तहको कानुन समेत बनाउन समस्या आउने भएकाले सकारात्मक सोचका साथ अध्यादेश ल्याइएको बताएका थिए ।
Visited 4 times, 1 visit(s) today


