यूएईमा सन् २०१८ मा मात्र ३३ जना नेपालीले गरे आत्महत्या | मृत्यु हुने १ सय ३ मध्ये ६५ जनाको दुर्घटनामा परेर मृत्यु, चार जनाको लास नेपाल आउन बाँकी
काठमाडौँ । सन् २०१८ मा संयुक्त अरब इमिरेट्स (युएई) मा विभिन्न कारणबाट मृत्यु हुने १ सय ३ नेपाली कामदारमध्ये ३३ जनाले आत्महत्या गरेको आवुधाबीस्थित नेपाली दूतावासले जानकारी दिएको छ । दूतावासका अनुसार आत्महत्या गर्ने नेपाली कामदारमा ३ महिला र ३० पुरुष रहेका छन् ।
नेपाली दूतावासका अनुसार मृत्यु हुने कुल १ सय ३ जनामध्ये ९५ पुरुष र ८ महिला रहेका छन् ।
मृत्यु हुने अन्य कारणमा ३ महिला र ४४ पुरुषको प्राकृतिक कारण, दुई महिला र २१ पुरुष कामदारको दुर्घटनामा परेर मृत्यु भएको दूतावासले बताएको छ ।
मृतकमध्ये सूर्य विक, अमृतबहादुर कार्की, सिर्जना बराल र अशोक भट्टराईको शव नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको छ । उनीहरूको मृत्युका कारणबारे अध्ययन भइरहेकाले शव पठाउन ढिलाइ भएको र छिट्टै नेपाल पठाइने पनि दूतावासले जानकारी दिएको छ ।
Visited 1 times, 1 visit(s) today


