सिन्धु विकास बैंक र फिनिक्स क्यापिटलबीच सम्झौता | अबदेखि सिन्धु विकास बैंकको सेवा र सुविधा कर्जा बजार डट कमबाट पनि
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेड र फिनिक्स क्यापिटलबीच ग्राहक निर्माण तथा कर्जा सहजीकरणसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र फिनिक्स क्यापिटलको तर्फबाट प्रमुख सञ्चालन अधिकृत विकल चौलागाईंले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब बैंकका सम्पूर्ण ग्राहकहरूले फिनिक्स क्यापिटलद्वारा सञ्चालित डिजिटल मार्केट प्रणाली ‘कर्जा बजार डटकम’अन्तर्गत प्रदान गरिने सम्पूर्ण सेवा सुविधा प्राप्त गर्न सक्ने बैंकले बताएको छ ।
सिन्धु विकास बैंकको सेवा सुविधा लिन चाहने जोसुकै व्यक्तिलाई अब फिनिक्स क्यापिटलका विशेषज्ञ कर्मचारीहरूले बैंकका सेवा सुविधाहरूका बारेमा, कर्जा प्रस्तावका बारेमा, बैंकलाई आवश्यक पर्ने कागजातका बारेमा जानकारी दिनेछन् ।
कर्जा बजार डटकम नेपालको पहिलो र एक मात्र डिजिटल कर्जा बजार रहेको र सिन्धु विकास बैंकले उक्त बजारमार्फत पनि आफ्नो सेवा सुविधा प्रदान गर्ने भएको छ ।



