मुक्तिनाथ विकास बैंकको सहयोग कोटेश्वर पब्लिक स्कुललाई |
काठमाडौं । मुक्तिनाथ विकास बैंकले कोटेश्वर पब्लिक स्कुललाई सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो १३औं वार्षिकोत्सवको अवसर पारेर सहयोगस्वरुप स्टेशनरी सामग्री प्रदान गरेको हो ।
बैंकले सो स्कूलका नर्सरीदेखि कक्षा ३ सम्मका ६० जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ । साथै बैंकले वार्षिकोत्सवको अवसर पारेर विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमहरू गर्ने जानकारी दिएको छ । उक्त कार्यक्रमअन्तर्गत बैंकले साताव्यापी वार्षिकोत्सवका विशेष कार्यक्रम शुरू गरेको छ । यहि अवसरमा बैंकले आफ्नो १००औं शाखा कास्की जिल्लाको लामाचौरमा उद्घाटन गरेको छ ।



