प्रभु बैंकको नयाँ शाखा गुल्मीको बले टक्सारमा | परराष्ट्रमन्त्री ज्ञवाली र सीईओ शेरचनले गरे उद्घाटन
काठमाडौं । प्रभु बैंक लिमिटेडले गुल्मी जिल्लामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले गुल्मी जिल्लाको रुरु गाउँपालिका– ४, रानीबास, बलेटक्सारमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । उक्त शाखाको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्य सचिव एवम् छिमेकी देश चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल र रुरु गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतमको पनि उपस्थिति रहेको थियो ।
बैंकले रानीबास शाखा कार्यालय समुद्घाटनको उपलक्ष्यमा विपन्न वर्ग, महिला उद्यमी तथा भूकम्पपीडित कर्जा शीर्षकअन्तर्गत ५ जनालाई सहुलियत ब्याजदरको कर्जासमेत उपलब्ध गराएको छ ।




