सनराइज बैंकले २ वटा शाखारहित बैंकिङ्ग सेवा सुरू गर्यो |
काठमाडौं । सनराइज बैंक लिमिटेडले काभ्रेपलाञ्चोक जिल्लाको पनौती र नवलपरासीको रामग्राममा शुरु गरेको छ । बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्वेश्यका साथ उक्त बैंकले शाखारहित बैंकिङ सेवा विस्तार गरिरहेको छ ।
२७ औँ शाखारहित बैंकिङ्ग सेवा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. १, मानेदोभानमा र २८ औँ शाखारहित बैंकिङ्ग सेवा नवलपरासी जिल्लाको रामग्राम नगरपालिका वडा नं. १८, धरमपुरमा शुरू गरेको हो ।
महालक्ष्मी नगरपालिका वडा नं. १० का वडा सदस्य छेवाङ लामा र लुभु शाखाका प्रवन्धक बिदुर पन्तले एक समारोहका बीच मानेदोभानमा २७ औँ शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका थिए । भने २८ औँ शाखारहित बैंकिङ्ग सेवा रामग्राम नगरपालिकाका मेयर नगेन्द्र कुमार गुप्ता र बैंकका प्रदेश नं. ५ को प्रमुख राजेन्द्र घिमिरेले उद्घाटन गरि पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए ।
पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यो सँगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या २८ पुगेको छ ।



