चिकित्सा दर्ता प्रमाणपत्र परीक्षामा आधा एमबीबीएसका विद्यार्थी फेल |
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले गत शनिवार लिएको चिकित्सा दर्ता प्रमाणपत्र परीक्षामा ४४ दशमलव ५६ प्रतिशत परीक्षार्थी मात्र पास भएका छन् । काउन्सिलले लिएको उक्त परीक्षामा एमबीबीएसतर्फका १ हजार ३ सय ११ मध्ये ५९८ र बीडीएसतर्फका १ सय ८६ मध्ये ६९ मात्र उत्तीर्ण भएका हुन् ।
नेपालमा विश्वविद्यालयबाट एमबीबीएस र बीडीएस तहको अध्ययन पूरा गरेपछि चिकित्सा दर्ता प्रमाणपत्र लिनका लागि अनिवार्य रूपमा काउन्सिलले लिने उक्त परीक्षा उत्तीर्ण हुनुपर्ने प्रावधान रहेको छ ।




