पुस १ गतेदेखि कम्पनी मोडलमा नआउने सार्वजनिक यातायात सडकमा गुड्न नपाउने |

काठमाडौं । सरकारले पुस १ गतेदेखि समितिमार्फत चल्ने कुनै पनि सार्वजनिक यातायातलाई गुड्न नदिने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मङ्सिर मसान्तसम्ममा कम्पनीमा दर्ता र विभागमा पञ्जीकरण नहुने सार्वजनिक यातायात पुस १ गतेदेखि सडकमा गुडेको पाइएमा नियन्त्रण लिई कारबाही गरिने यातायात व्यवस्था विभागले बताएको छ ।
कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई विभागमा पञ्जीकरण गरेर मात्र सार्वजनिक यातायात चलाउन संसद्को विकास समितिले २०७४ भदौ ५ गते सरकारलाई निर्देशन दिएको थियो । यससम्बन्धी व्यवस्था गर्न विभागले गत चैत १८ गते निर्देशिकासमेत जारी गरेको थियो ।
विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले कम्पनीमा दर्ता भई विभागमा पञ्जीकरण गर्न दिइएको छ महीना समयमा १ हजार ५०० कम्पनीका करीब ६ हजार सवारी मात्र दर्ता भएको बताए ।
यसअघि संघसंस्था ऐनअनुसार सामाजिक संस्थाका रूपमा दर्ता भएका यातायात समितिलाई गत साउनदेखि नै नवीकरण बन्द गरिएको छ ।