अर्थमन्त्री वाग्लेसँग भारतका विदेश सचिव मिश्रीको शिष्टाचार भेट
काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
मिश्रीले मंगलबार अर्थ मन्त्रालयमा मन्त्री वाग्लेसँग भेट गरेका हुन् । भेटमा दुई देशबीच आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरू सहभागी थिए ।




