ग्रामीण विकास बैंकले कमायो को नाफा २ करोड ९० लाख |
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ९० लाख रुपैयाँ कमाएको छ । चालु आवमा यसको खुद मुनाफा ६१ दशमलव १२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १ करोड ८० लाख रुपैयाँ कमाएको थियो ।
६५ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडा कोषमा ३३ करोड ७४ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा २ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा ९ अर्ब ९ करोड ३६ लाख रुपैयाँ लगानी गरेको छ ।
लघुवित्तको खुद व्याज आम्दानीमा ७ दशमलव १८ प्रतिशतले बढेर १९ करोड ४५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफामा ४४ दशमलव ४४ प्रतिशतले बढेर ३ करोड ९१ लाख रुपैयाँ रहेको छ ।
लघुवित्तको निष्कृय कर्जा ४ दशमलव ८२ प्रतिशत, जोखिम युक्त सम्पत्ति ७ दशमलव ४१ प्रतिशत, प्रति शेयर आम्दानी वार्षिक १७ दशमलव ७६ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २९ दशमलव १७ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ५१ दशमलव ५२ रुपैयाँ र तरलता अनुपात ५ दशमलव ३१ प्रतिशत रहेको छ ।
