प्रभु लाइफ इन्स्योरेन्सको बीमा शल्क ६ करोड रुपैयाँ |
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक बर्षको चौथो त्रैमास सम्ममा कम्पनीले ११ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीले हाल सम्म १७ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा सम्ममा १ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको चौथो त्रैमास सम्ममा कम्पनीले ३ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
एक अर्ब ४० करोड चुक्ता पूँजी रहेको प्रभु लाईफको जगेडा कोषमा ४ करोड ७५ लाख रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै जीवन बीमा कोषमा १२ करोड ४१ लाख रुपैयाँ र महा विपत्ती जगेडा कोषमा ३९ लाख १९ हजार रुपैयाँ छुट्टाएको छ ।
४ हजार ३९ वटा बीमालेख रहेको कम्पनीमा हालसम्म कुनै दाबी परेको छैन । बीमा समतिले तोकेको चुक्ता पूँजी कायम गर्न कम्पनीले ६० करोडको साधारण शेयर जारी गर्नेछ ।
