एभरेष्ट बैंक र फिनसर्ट बीच सेमिट्यान्स सम्झौंता |
काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र दक्षिण कोरियाली मनिट्रान्स्फर अपरेटर फिनसर्ट आईन कर्पोरेट बीचमा रेमिट्यान्स सम्झौंता भएको छ । यसपछि दक्षिण कोरियाबाट एभरेष्ट बैंकमा रेमिट्यान्स पठाउन सहज हुनेछ । उक्त सम्झौंता पत्रमा बैंकका अधिकारी र फिनसर्टका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेका छन् ।
क्वाइन सर्ट एउटा रजिस्टर्ड अनलाईन प्रडक्ट हो र यसले फिनसर्टबाट सेवा प्रदान गर्ने छ । जसलाई सजिलै वेभसाइट तथा मोवाइल एप्लीकेशनमा पाउन सकिन्छ । एन्ड्रोइड तथा आईओएस दुबै डिभाइसमा उक्त एप्लीकेशन रहेको छ ।
कुनैपनि रेमिट्यान्स पठाउने मानिसले क्वाइन सर्टमा रजिस्टर हुनुपर्ने छ, त्यसपछि क्वाइन सर्टले एभरेष्ट बैंक मार्फत नेपालमा रेमिट्यान्स पठाउने छ ।
यो समझदारी सँगै बैंकको सेवा दक्षिण कोरियासम्म पुगेको छ । बैंकको रेमिट्यान्स सेवालाई अझै बिस्तार गर्दै लाने बैंकले जानकारी दिएको छ । देशभर रहेको एभरेष्ट बैंकका ८२ वटा ब्रान्च र ५ हजार ५०० रेमिट्यान्स एजेन्टहरु मार्फत भुक्तानी लिन सकिने छ ।
Visited 1 times, 1 visit(s) today


