ज्योति लाइफ इन्सुरेन्सको खुद नाफामा आकर्षक वृद्धि |
काठमाडौं । ज्योति लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा २१ करोड ५२ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा ९ करोड २२ लाख रुपैयाँ रहेको खुद नाफा यसपटक १३३.२८% ले बढेको हो ।
यसको खुद बिमा शुल्क आर्जन १५.६७% ले बढेर ९१ करोड ४० लाख रुपैयाँ पुगेको छ । लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी बढेको छ भने नोक्सानी व्यवस्थाबाट २ करोड ४५ लाख रुपैयाँ फिर्ता गरेपछि खुद नाफामा सुधार भएको देखिन्छ ।
ज्योति लाइफको जगेडा कोष र जीवन बिमा कोषमा पनि राम्रो सुधार देखिएको छ । असोज मसान्तसम्म कम्पनीको जगेडा कोष ५६.६९% ले बढेर १ अर्ब ३ करोड ५७ लाख रुपैयाँ पुगेको छ। यस्तै, जीवन बिमा कोषको आकार पनि ५४.९६% ले बढेर ४ अर्ब ४ करोड ६९ लाख रुपैयाँ पुगेको छ । ज्योतिको चुक्ता पुँजी २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।
यो हाल सूर्या लाइफ इन्सुरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ । असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ३८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ३२ पैसा छ ।


