सपोर्ट लघुवित्तको नाफा ६७.६८% ले घट्यो |
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सपोर्ट लघुवित्तको खुद नाफा ६७.६८% ले घटेर ४ लाख ४५ हजार रुपैयाँमा सीमित भइको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १३ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यसअवधिमा संस्थाको आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी २१.०७% ले घटेर १ करोड ३५ लाख ७१ हजार रुपैयाँमा आएको छ ।
यता, सञ्चालन नाफा पनि ६७.६९% ले घटेर ७ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ । नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि प्रभावित भएको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ २७ पैसाले घटेर २ रुपैयाँ ०८ पैसामा आइको छ । प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ २४ पैसा छ ।


