सीजी मोटोकर्पद्वारा राष्ट्रव्यापी सुजुकी समर सर्भिस क्याम्पको शुभारम्भ
काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले राष्ट्रव्यापी ‘सुजुकी समर सर्भिस क्याम्प’ सञ्चालन गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार यो विशेष सेवा अभियान २४ देखप २६ जेठसम्म देशभर रहेका सबै आधिकारिक सुजुकी सर्भिस सेन्टरहरूमा सञ्चालन हुनेछ ।
गर्मी तथा मनसुनपूर्वको मौसमलाई ध्यानमा राख्दै ग्राहकहरूको सवारी सुरक्षित र उत्कृष्ट अवस्थामा राख्ने उद्देश्यले क्याम्प आयोजना गरिएको कम्पनीले जनाएको छ । तीन दिने अभियानमा सवारी साधनको मर्मत–सम्भार, निःशुल्क परीक्षण तथा आकर्षक छुटको व्यवस्था गरिएको छ ।
क्याम्प अवधिभर ग्राहकहरूले स्पेयर पार्ट्समा १० प्रतिशत, लुब्रिकेन्टमा १० प्रतिशत तथा लेबर चार्जमा २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । साथै सुजुकी डाइग्नोस्टिक टुल (एसडीटी) जाँच, सामान्य सवारी निरीक्षण, हिटर तथा एयर कन्डिसनिङ जाँच र ब्याट्री परीक्षण निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
यस अभियानको विशेष आकर्षणका रूपमा बम्पर लकी ड्र पनि राखिएको छ । क्याम्प अवधिमा आफ्नो गाडी सर्भिस गराउने ग्राहकहरूमध्येबाट छनोट हुने १० जना भाग्यशाली विजेताले नगरकोटस्थित भंगेरी दरबार रिसोर्टमा लक्जरी स्टेकेसन प्याकेज जित्ने अवसर प्राप्त गर्नेछन् । क्याम्पमा सहभागी हुने सबै ग्राहक स्वतः लकी ड्रमा समावेश हुनेछन् ।
सीजी मोटोकर्पले देशभरका सबै सुजुकी गाडीधनीलाई नजिकको आधिकारिक सुजुकी सर्भिस सेन्टरमा पुगेर विशेष छुट तथा सुविधाको लाभ लिन र आगामी मनसुन मौसमका लागि आफ्नो सवारी साधन उत्कृष्ट अवस्थामा राख्न आग्रह गरेको छ ।


