काठमाडौं । सातै प्रदेशमा ‘टीभीएस राइडर सप्तरंग–३’ आयोजना गरिने भएको छ । गृष्मा ब्रोडकास्टिङले कार्यक्रम आयोजना गर्न लागेको हो । ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाइलाई जनमानसमा कलामार्फत प्रतिबिम्ब गराउनु सप्तरंगको मूल लक्ष्य रहेको आयोजकले जानकारी दिएको छ ।