अब भाइबरमा एउटै भिडियो कलमा २० जनासम्म जोडिन सक्ने |
काठमाडौं । विश्वकै लोकप्रिय च्याटिङ एप भाइबरले अब भिडियो कलमा एकसाथ २० जनासम्म जोडिन मिल्ने सेवा शुरु गरेको छ । कोरोना भाइरसको कारण जारी लकडाउन खुल्ने अनिश्चिततासँगै भिडियो कन्फ्रेन्सिङ एपको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै कम्पनीले सो फिचर थप गरेको हो ।
