डिजिटल इकोनोमी कन्क्लेभ हुदै |
काठमाडौं । काठमाडौंमा कात्तिक १ गते ‘डिजिटल इकोनोमी कन्क्लेभ, २०२०’ आयोजना हुने भएको छ । ब्रान्डवर्थ प्रालिले आयोजना गर्न लागेको कन्क्लेभमा डिजिटल इकोनोमीका सबै सरोकारवालालाई एकै छानामुनी ल्याई यसको भविष्य, सम्भावना र चुनौतीका बारेमा वृहत छलफल गरिने आयोजकले जनाएको छ ।
