इन्फिनिक्सले लन्च गर्यो गेम चेन्जर ‘नोट ८ आइ’ स्मार्टफोन |
काठमाडौं । इन्फिनिक्स मोबाइलले नयाँ प्रविधि र सुविधाहरूको साथ प्रयोगकर्ताहरुलाई जम्मा रु. २१,४१० मा अविश्वसनीय गेमिङ्ग र फोटोग्राफीको अनुभव प्रदान गर्ने नयाँ इन्फिनिक्स नोट ८ आइ लिएर आएको छ । ग्राहकहरूले इन्फिनिक्स नोट ८ आई १५ माघ (२८ जनवरी) देखि दराज मार्फत प्रिबुक गर्न सक्नेछन् ।
